Skip to main content

Sarbocha Khabar

Advertisement

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

Advertisement

३१ बैशाख,वीरगंज । पाेखरिया नगरपालिकाका याेजना शाखा प्रमुख संजय पाण्डेले मेयर प्रधुन चाैहानलाई प्रभावमा पारेर याेजना बिक्री गरिरहेकाे सामाचार प्राप्त भएकाे छ । पाेखरिया नगरपालिकामा हालीमुहाली रहेका पाण्डेले विभिन्न ठेक्दारहरुसंग विकास निर्माणकाे याेजना उपलब्ध गराइदिने भन्दै अग्रिम कमिशन असुल्दै आएका छन् । समाचार स्राेतका अनुसार उनले एउटै याेजनाकाे लागि २/३ जना ठेक्दारसंग कमिशन वापतकाे रकम असुल्दै आएका छन् । याेजना कै लागि उनकाे अघिपछि दिनहुँ विभिन्न ठेक्दारहरु घुमिरहेकाे प्रत्यक्ष रुपमा देख्न सकिन्छ । तत्कालिन जिल्ला विकास समितिकाे जिन्सि शाखा प्रमुख हुँदादेखि नै ठेक्दारसंग सेटिङ मिलाउन माहिर मानिएका उनी पाेखरिया नगरपालिकामा त्यँही काम गर्दै आएका छन् ।

उनले जिल्ला विकास समितिकाे जिन्सि शाखाकाे फर्छाैट पनि हाल सम्म गरेका छैनन् । उनी जिल्ला बिकास समितिका जिन्सी शाखा प्रमुख हुँदाकाे समयमा खरिद गरिएका सामानकाे रेकर्ड पनि हालकाे जिल्ला समन्वय समितिमा बुझाएका छैनन् । जिल्ला समन्वय समितिबाट पाेखरिया नगरपालिका गएपछि त्यहाँ भए गरेकाे कामकाे फर्छाैट गरेर जानु पर्नेमा उनी पहुँचकाे आधारमा हाल सम्म गरेका छैनन् ।

जिल्ला समन्वय समितिले पाण्डेलाई जिन्सि शाखाकाे पर्छाैट गर्न बारम्बार पत्रचार गर्दा पनि उनले राजनीतिक पहुँचकाे आधारमा उन्मुक्ति पाउँदै आएका छन् । तत्कालिन जिल्ला विकास समितिमा भएकाे भ्रष्टाचारकाे पाेल खुल्ने डरले उनले फर्छाेट नगरेकाे जानकारहरु बताउँछन् ।

पाेखरिया नगरपालिकाका यस अघिका मेयर दिपनारायण राैनियारसंग पनि नजिक रहेका पाण्डेले हालका मेयर चाैहानसंग पनि उतिकै नजिक रहेका छन् । मेयर चाैहानका साथ साथै प्रमुख प्रशासकिय अधिकृत अजय श्रीवास्तवलाई पनि आर्थिक प्रभावमा पारि विकास निर्माणका याेजनाहरु उनले कमिशनकाे आधारमा बिक्री गर्ने गरेका कारण गुणस्तरिय विकास निर्माणकाे काम हुन नसकेकाे स्थानियहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search