Skip to main content

Sarbocha Khabar

Advertisement

१३ लाख नगद सहित बिरगंज बाट एक युवक पक्राउ

Advertisement

२५ वैशाख, बिरगंज

प्रहरीले हुण्डी कारोबारमा सलंग्न रहेका एक जनालाई वीरगंज बाट  पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरीको टोलीले साेमबार दिउसाे ३ बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुर निवासी २८ बर्षिय रवि कुमार पटेललाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २-०३-०१० प ६७१९ नम्बरको माेटरसाइकल रोकी खानतलासी गर्दा माेटरसाइकलमा सवार पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेरु १३ लाख १५ हजार नगद फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

उनकाे साथबाट नेपाली रु १ हजार दरको नोट ८८९ थान रु ८ लाख ८९ हजार, नेपाली रु ५ सय दरको नोट ८५० थान रु. ४ लाख २५ हजार  र नेपाली रु एक सय दरको नोट १० थान रु. एक हजार फेला परेकाे प्रवक्ता थापाले वताए । साथै उनकाे साथबाट बिभिन्न बैंकको खाली चेकहरु ७ थान समेत फेला परेकाे थापाले वताए ।

पक्राउ परेका पटेल विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search