Skip to main content

Sarbocha Khabar

Advertisement

फ्रान्स र जर्मनी सहित ६ देशका नागरिक बिना भिसा चीन जान पाउने

Advertisement

काठमाडौँ, ८ मङ्सिर । चीनले बिभिन्न ६ देशका लागि भिसामुक्त यात्राको परीक्षण गरेको छ ।

चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसामुक्त यात्राको परीक्षण गरिरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

यी देशका साधारण राहदानी धारकहरूले यहि डिसेम्बर देखि सन् २०२४ को नोभेम्बर सम्म सम्म १५ दिन सम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्छन् ।

यसले चीनको उच्च गुणस्तरको विकास र खुलापनलाई प्रवर्द्धन गर्न मद्दत पु¥याउँने विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार भनेका छन् । हाल, अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ ।

सन् २०२० मा कोरोनाभाइरस महामारीलाई ध्यानमा राख्दै चीनले कडा रुपमा यात्रा प्रतिबन्ध लगाएको थियो ।

तीन वर्षसम्म चीनले अन्य देशका नागरिकलाइ यसरी कडा प्रतिबन्ध लगाएका कारण पर्यटन र व्यापारमा असर पर्न गएको भन्दै चीनले यस्तो नीति अपनाउन लागेको हो ।

महामारी हुनुअघि प्रत्येक वर्ष दशौं लाख अन्तर्राष्ट्रिय आगन्तुक चीनमा पुग्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search