Skip to main content

Sarbocha Khabar

Advertisement

टिकटक बन्द गर्ने सरकारको निर्णय, होला त कार्यान्वयन ?

Advertisement

कात्तिक २७, काठमाडौँ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको चार दिन पछि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने भन्दै निर्देशिका ल्याएको सरकारले त्यसको कार्यान्वयन प्रक्रिया सुरु नगरी टिकटक प्रतिबन्ध गरेको हो ।

टिकटक प्रतिबन्धको निर्णयको पक्ष र विपक्ष दुबैथरि मत सार्वजनिक भएका छन् । राजनीतिक दलका कतिपय नेताहरुले टिकटक माथि प्रतिबन्धको विपक्षमा धारणा राखेका छन् ।

उनीहरुले टिकटकलाई मर्यादित बनाउन सरकारले नियम बनाउनुपर्नेमा प्रतिबन्ध लगाउनु उचित नहुने धारणा राखेका छन् । अन्य दलभित्रका नेताहरुको पनि फरक फरक धारणा आएको छ ।

टिकटक बन्द गर्ने सरकारो निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि मिश्रित प्रतिक्रिया जनाएका छन् ।

कतिपयले भने टिकटक प्रतिबन्ध लगाउनु अभिव्यक्ति स्वतन्त्रता माथी नै बन्देज लगाउनु भएको भन्दै बिरोध गरेका छन् ।सरकारमा रहेका दलका नेताहरुले नै टिकटक बन्द गर्ने सरकारको निर्णयको बिरोध गरेका छन् ।

यलाइ व्यवस्थित तरिकाले चलाउनुको साटोमा बन्दै गर्ने निर्णय लिनु गलत भएको कतिपयको टिप्पणी रहेको छ । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन हुन भने कठिन नै देखिन्छ ।

नेपालीहरुको बीचमा टिकटक लोकप्रिय छ । तर जथाभावी र मनलाग्दी तरिकाले कन्टेन्ट हालेको र यसले सामाजिक सद्भाव नै बिथोलेको भन्दै सरकारले रोक लगाउन खोजेको हो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search