२६ असार २०८३ १९:५६
२६ असार २०८३ १९:५६
वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाकार आदर्श मिश्रामाथि कानुनी कारबाहीको माग गरेको छ । महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउँदै ‘आदर्श मिश्रा’ नामबाट टिकटक सञ्चालन गर्ने व्यक्तिले पत्रकारिता क्षेत्रलाई लक्षित गरी अमर्यादित, अश्लील तथा अपमानजनक शब्द प्रयोग गरेको र सामाजिक सद्भावमा समेत असर पर्ने सामग्री सार्वजनिक गरेको जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोले सार्वजनिक गरिएको भिडियो सामग्रीले पर्साका पत्रकारहरूको प्रतिष्ठामाथि आँच पुर्याएको उल्लेख गर्दै कुनै पनि पेशाप्रति अश्लील तथा अपमानजनक टिप्पणी गर्नु निन्दनीय र कानुनी कारबाहीको विषय भएको बताएका छन् । महतोले जिल्ला…
