२९ जेष्ठ २०८३ १६:२४
२९ जेष्ठ २०८३ १६:२४
२९,जेष्ठ बिरगंज । सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारकाे विभेदकारी तथा स्वेच्छाचारी निर्णयकाे विराेधमा पर्सका सञ्चारकर्मीहरुले शुक्रबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार पनि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् । धर्नामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि प्रहार गरेर जनताको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए । उनले सरकारले पत्रकारहरूको माग सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट…
