Sarbocha Khabar

Advertisement

रविको दाबी- प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ

Advertisement

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् ।

नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए ।

सोमबारबाट उग्र भएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको थियो । सोही क्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए ।

कारागारबाट निस्किएपछि पत्नी निकिता पौडेलमार्फत सन्देश जारी गर्दै उनले भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियाका लागि आफू तयार रहेको पनि बताएका छन् ।

‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानुनबमोजिमको प्रकिया पूरा गरि पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ,’ लामिछानेले भनेका छन्, ‘यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।’

साथै, उनले अहिलेको आन्दोलन विशुद्ध जेनजीको भएको बताउँदै मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार अघि बढ्नुपर्ने कुरामा आफू स्पष्ट भएको बताए ।अनलाईन खबर

प्रतिक्रिया दिनुहोस

राजनीति

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहल...
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवा...
नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search