२२ चैत्र २०८१ २३:१७
२२ चैत्र २०८१ २३:१७
वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादी पर्साले शनिवार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । महासंघ समाजवादीको चैत १८ र १९ गते काठमाडौंमा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट पर्साबाट केन्द्रिय उपाध्यक्षमा आकाश पटेल र केन्द्रिय सदस्यमा विशेश्वर पटेल निर्वाचित भएका थिए । वहाँहरुकै सम्मानमा आयोजित कार्यक्रममा पार्टीका नेताहरु गंगाबहादुर खडका, भोला महतो थारु, अनिल पटेल, मदन पटेल, राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, राघव साह लगायतकाले निर्वाचित आकाश पटेल र विशेश्वर पटेललाई अबिरको टिका लगाई खादा ओढाई सम्मान गरेका थिए । सो कार्यक्रमका अतिथिहरुले नवनिर्वाचितहरुलाई बधाई दिदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । महासंघ समाजवादी पर्साका…
