Skip to main content

Sarbocha Khabar

Advertisement

बिरगंज जेसीजद्वारा होली मिलन कार्यक्रम सम्पन्न

Advertisement

२८ फागुन,बिरगंज । बिरगंज जेसीजद्वारा भव्य रूपमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै बिरगंज जेसीजले विशेष कार्यक्रमको आयोजना गरेको हो ।

बिरगंज जेसीज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा भएकाे सो कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति अध्यक्ष जेसी सरोज चौरसियाले विशेष धन्यवाद व्यक्त गरेका थिए । उनले आफ्नो कार्यसमितिका सदस्यहरू, मनोनीत साथीहरू, पूर्व अध्यक्षहरू, जेसीजका साधारण सदस्यहरू लगायत सबैप्रति हार्दिक आभार प्रकट गर्दै रंगहरूको पर्व होलीको शुभकामना दिएका थिए ।

आपसी सदभाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले समारोहमा होली पर्वको महत्वका साथै सामाजिक कार्य र विकासमा यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले पुर्‍याउने योगदानबारे चर्चा समेत चौरसियाले गरेका थिए  ।

प्रमुख अतिथि बिरगंज जेसीजका संस्थापक अध्यक्ष सिनेटर पशुपति बिक्रम साहले  सहकार्य र आपसी एकताको भावनालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै होलिको शुभकामना व्यक्त गरेका थिए । एक आपसमा रंगहरू आदान-प्रदान गर्दै आपसी मेलमिलाप र सद्भावको सन्देश प्रवाह गरे ।

समारोहका अन्त्यमा आयोजक टोलीले उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विशिष्विट अतिथि जेसी उषा साह, जेसी जितेन्द्र पुरुष ढकाल,  जेसी मधु राणा,जेसी सिनेटर निशान्त लामिछाने,सिनेटर सन्तोष खानाल, सिनेटर अशोक गुप्ता, सिनेटर दिलिप ढुंगेल, जेसी मुकेश सिंह,सिनेटर डा.अरविन्द श्रेष्ठ,जेसी आजीवन सदस्य,जेसी बासुदेवलाल कर्णको  जेसी सदस्यहरुको  ल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तब्य जेसी पप्पु गुताले गरेका थिए भने सहजीकरण बिरगंज जेसीजका  कार्यकारी उपाध्यक्ष  जेसी सेराज अन्सारीले  गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search