Skip to main content

Sarbocha Khabar

Advertisement

वीरगंजमा एकसाथ करिब १३ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

Advertisement

वीरगंज २८ कार्तिक ।
वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ ।
वीरगंजको आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले छात्राहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको आज एक कार्यक्रमका बिच खानेपानी मन्त्रि प्रदिप यादवले उद्घाटन गर्नुहुदै सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले वीरगंज महानगर पालिकाले एकसाथ नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै तालिमले छात्राहरुलाई आत्माविश्वास बढाउने बताउनुभयो ।
नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर निशुल्क रुपमा तालिम दिदा दुई देश बिचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने निती लिएको बताउनुभयो ।
खानेपानी मन्त्रि यादवले मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला तालिमले अब महिला हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देश समेत दिने दाबि गर्नुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्राहरुलाई दिएको आजको तालिम शुरुवात मात्रै भएको बताउदै अव वीरगंजका सामुदायिक तथा निजी बिद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मारक्षाको लागि मार्शल आर्टस् सम्बन्धि तालिम दिईने बताउनुभयो ।
नगर प्रमुख सिंहले आजको मिति सम्म वीरगंज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरुले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको जानकारी दिनुभयो ।
यसअघि भारतको आग्रा स्थित एक स्थानिय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरुलाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो ।
सो अवसरमा नगरप्रमुख सिंहले आफूले निर्वाचनको बेला वीरगन्जका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्कसँग हिड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता अनुसार महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको बताउनुभयो ।
उहाँले ‘वीरगञ्जका कोहीपनि छोरीचेली डराएर हिड्नु पर्ने अवस्थाको अन्त्य हुन्छ । मान्छे त के मृत्यु पनि मे आई कम इन ? भनेर सोधेर आउनुपर्ने अवस्था बनाउनुछ ।’भन्नुभयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएको धन्यवाद दिदै तालिममा धेरै कुरा सिक्ने र आफ्नो सुरक्षा आफैले गर्न सक्ने क्षमता प्राप्त गर्ने उपायको बारेमा जान्ने बताउनुभयो ।
तालिमका मुख्य प्रशिक्षक डाक्टर यजनेश चित्ता सेट्टी अर्थात मास्टर चित्ताले महिला तथा किशोरीहरुलाई दिईने यो प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशिर्वाद पाए जस्तो हुने बताउनुभयो ।
उहाँले आत्मरक्षा गर्ने कलाले एउटा शक्तिशाली उर्जा प्राप्त हुने र यसले जिवन संकटमा परेको बेला महत्वपुर्ण सहयोग पुग्ने बताउनुभयो ।
महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीना जसवाल, प्रदेश सांसद वीणा शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्य दुत देबी सहाय विणा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search