बिरगंज । बिरगंजको महावीर मन्दिर स्थित पम्पम बिल्डिङमा बिहीबार प्रहरीले छापा मारेर करोडौं मूल्यको तस्करीका कपडाहरु बरामद गरेको छ ।
तस्करीको कपडाहरु भण्डारण गरि राखेको सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको एक टोलीले पम्पम बिल्डिङमा रहेका चार वटा गोदममा छापा मारेर एक ट्रक कपडा बरामद गरेको हो ।
प्रहरीले पुरै पम्पम बिल्डिङलाई घेरा हालेर छापा मार्ने क्रममा चार वटा गोदाममा राखिएका सर्टिङ,सुर्टीङको,सुट, साडी, पर्दा लगायतका कपडाहरु ठूलो परिमाणमा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।