Skip to main content

Sarbocha Khabar

Advertisement

महेन्द्रनगरबाट काठमाडौ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना: १० जना को मृत्यु, ३० भन्दा बढी घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।

मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। थाहाखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search