Skip to main content

Sarbocha Khabar

Advertisement

देशको समृद्धिका लागि बामपन्थी दलबीच एकता हुनुपर्छ : झलनाथ खनाल

Advertisement

 कार्तिक २४, ललितपुर ।  पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि बामपन्थी दलहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन्।

शुक्रवार पत्रकार अमृतनाथ तिमल्सिनाले खेलेको समृद्धि सराेकार नामक पुस्तकको बिमोचन गर्दै नेता खनालले ललितपुर जिल्लाका बामपन्थी नेताहरुलाई साक्षी राखेर एकताको कुरा गरेको भन्दै उनले ललितपुरबाटै यसको पहलकदमी हुन जरुरी रहेको बताए।

उनले पुस्तकका लेखकले विधि, विकासको अभ्यास र प्रणालीका बारेमा चिरफार गरेको भन्दै समृद्धि यात्रामा लेखकले सुझाएका विषय महत्वपूर्ण भएको समेत बताए।

पुस्तक बिमोचन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले तिमल्सिनाले लेखेको पुस्तकमा समृद्धिका सम्भावना र चुनौतीका विषयमा समेत चिरफार गरिएको भन्दै यसले राजनीतिक दलहरुलाई समेत योजना बनाउन र कार्यान्वयन गर्न सहज पार्ने बताइन्।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुनिता बरालले पुस्तकमा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटनजस्ता क्षेत्रको विकासमा नीति निर्मातालाई बाटो देखाएको भन्दै युवापुस्ताले देश विकासका विषयमा चिन्ता राख्नुपर्ने धारणा राखिन्।

बरिष्ठ बामपन्थी नेता माधव पौडेलले तिमल्सिनाले लेखेको पुस्तकले विकासका आयामलाई व्याख्या मात्र गरेको नभइ समृद्धिका लागि मार्गदर्शन पनि गरेको भन्दै लेखकलाई धन्यवाद दिए।

पत्रकार तिमल्सिनाले विभिन्न पत्रपत्रिकामा प्रकाशित र नयाँ बिचारसमेत समेटेर समृद्धि सराेकार नामक पुस्तक प्रकाशन गरेका हुन्। ग्रामिण पत्रकारितामा चासो राख्ने लेखक तिमल्सिनाको यो सातौँ पुस्तक हो।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search