Skip to main content

Sarbocha Khabar

Advertisement

पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको निधन

Advertisement

काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट कम्युनिस्ट पार्टीको  सदस्यता प्राप्त गरेका पुराना, इमानदार तथा जनप्रेमी नेता मेघराज आचार्यको कार्तिक ४ गतेका दिन बिहान १ बजेर ४० मिनेटमा निधन भएको छ ।  मुटु , पायल्स र प्रोस्टेट रोगबाट पीडित उनी लामो समयदेखिदेखि टीचिग अस्पतालमा भर्ना भएका थिए ।

नेकपा(माओवादी केन्द्र) का नेता जनार्दन शर्माले कम्युनिस्ट पार्टीको झन्डा ओढाएर नेता आचार्यप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । नेता आचार्यलाई सूचना तथा प्रसारण मन्त्री रेखा शर्मा लगायत अग्रज व्यक्तित्व तथा परिवारजनबाट श्रद्धाञ्जली व्यक्त गरिएको थियो । श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्यले दिवङ्गत नेता आचार्यको मृत्यु पहाड भन्दा पनि गर्हुंगो भएको बताए ।

 

वि.सं.१९९६ साल असार ८ गते प्युठानको तिघ्रामा जन्मिएका नेता आचार्य, कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन कालदेखि नै कम्युनिस्ट आन्दोलनमा भूमिका निर्वाह गर्दै आएका थिए  । बनारसमा भएको चौथो महाधिवेशनमा नेता आचार्य, आमन्त्रित केन्द्रीय सदस्यमा समेत चुनिएका थिए  ।

भूमिगत कालमा नेता आचार्य, कैलाली जिल्लामा सङ्गठन बिस्तार तथा आन्दोलनमा सक्रिय थिए  । उनी ‘कैलाली जिल्लाको पार्टी सेक्रेटरी भई क्रियाशील भएको’ नेता कृष्ण भट्टराईले बताए ।  । कम्युनिस्ट नेताहरू मोहन वैद्य, चित्रबहादुर के.सी., लीलामणि पोख्रेल लगायतका नेताहरूको उनको कैलाली पुछरीमा रहेको घरमा वासस्थान हुने गर्दथ्यो । २०४२ सालको बम काण्डको बेला उनी ९ महिना प्रहरी हिरासतमा बस्दा मुटुको बिरामी भैसकेको अवस्था थियो  ।

बनारसबाट आइएस्सीसम्म अध्ययन गरेका नेता आचार्यले संस्कृत र व्याकरणमा आचार्य गरेका थिए । उनले प्युठानको रातामाटामा लामो समय प्राध्यापनसमेत गरेका थिए ।

टिचिङ अस्पतालमा भर्ना हुँदा उनले ज्ञानघरसँग कुरा गर्दै भनेका थिए , ‘परिवर्तनको लागि नेपालमा धेरै आन्दोलन र युद्धहरू भए तर कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि भ्रष्ट राजनीतिमा लिप्त भए । केही ठुला नेतालाई त परिवर्तन आयो होला तर आम जनतालाई आएन ।’

नेता आचार्यका तीन जना छोराहरू प्रकाश, प्रमोद र प्रवीण तथा ५ वटी छोरीहरू सीता, प्रतिभा, प्रभा, विश्वमाया र सीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search