२८ भाद्र २०८० ०९:१६
२८ भाद्र २०८० ०९:१६
*आविष्कार कला हथौडाले टुकटुक छिनाले छिन्छिन् हानेको मूर्ति मन्दिरमा हुन्छ अनुभवको गह्रुङ्गो घनले हिर्काएर हरदम तिमीलाई आर्शिवचन दिने मूर्ति पलपल तिम्रो साथमा हुन्छ त्यही मूर्तिको गोप्य नाम हो–बा । पटक–पटक गुमेको श्वास लिएर चुँडिएको नशा सिलाएर रगतलाई पसिना बनाएर सन्तानको हाँसोलाई आफ्नो नासो ठान्ने मन–मस्तिष्कको एउटै नाम हो–बा । पृथ्वी जत्तिकै भारी निरन्तर बोकिरहने ज्वारभाटासँग सङ्घर्ष गरिरहने वर्षौँदेखि आँधी हुरीमा अडिग पटक–पटक चट्याङको प्रहारबाट उठेर सन्तानलाई स्वर्ग देखाउन चाहने महामानवको साझा नाम हो–बा । बा भन्नुहुन्छ– ‘ए फरक फरक विश्वविद्यालयमा सङ्ख्यात्मक उपाधि प्राप्त सन्तान ! जीवनको पहिलो पाठशाला ! खुसीको क्षणमा सुन– संसारका सयौँ विश्वविद्यालयको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा उत्तीर्ण गर्नेको…
