Skip to main content

Sarbocha Khabar

Advertisement

Blog

बैंकको ऋण तिर्दिनँ भन्नु आपराधिक मनोवृत्ति: अर्थमन्त्री पुन

बैंकको ऋण तिर्दिनँ भन्नु आपराधिक मनोवृत्ति: अर्थमन्त्री पुन

३ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नो स्वार्थका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रहसमेत गरेका छन् । मन्त्री पुनले बैंकहरूलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने स्पष्ट पारे । ‘बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने अनि ऋण तिर्दिनँ भनेर हिंड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्नो स्वार्थ पूरा गर्न…
Read More
नव नियुक्त तीन मन्त्रीले लिए शपथ

नव नियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोल प्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए  । सपथ लिने तिनैजना मन्त्री नयाँ अनुहार भने होइनन् । तामाङ यसअघि खेल्कुद, गिरि स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए । साभार रातो पाटी
Read More
वीरगंज–१९ मा खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न

वीरगंज–१९ मा खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १९ स्थित विन्दवासिनी स्वास्थ्य चौकीमा राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत वडा स्तरीय एम.आर. खोप अभियान बारे खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका स्वास्थ्य महाशाखा पर्साको आयोजनामा बिन्दबासिनी स्वास्थ्य चौकीको सभाहलमा आयोजित सो कार्यक्रममा स्वास्थ्य चौकीका ईन्चार्ज शिव हरि तिवारीले फागुन २७ गते देखि चैत्र ५ गतेसम्म वडा भित्र रहेका निजि तथा सरकारी सम्पुर्ण स्कुलमा खोप लगाउने र स्कूलमा छुटेका बालबालिकालाई खोप अभियानको अन्तिम दिन बिन्दवासिनी स्वास्थ्य चौकीमा लगाईने बताए । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाउन सम्पूर्ण अभिभावकहरुमा आग्रह गरेका थिए । खोप अभियानमा दादुरा…
Read More
अरुको खाताबाट करोडौं रुपैयाँ चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारी ओझा पक्राउ

अरुको खाताबाट करोडौं रुपैयाँ चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारी ओझा पक्राउ

९ फागुन,वीरगञ्ज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । राष्ट्रिय वाािण्ज्य बैंकमा रहेको अरुको खाताबाट अनाधिकृतरुपमा प्रवेश गरेर एक करोड भन्दा बढी पैसा निकालेको आरोप सिआइबीको टोलीले सोही बैंकको पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको हो । राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको खाताबाट १ करोड ३७ लाख ८६ हजार रुपैयाँ चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी रोहितकुमार ओझालाई सिआइबीले पक्राउ गरेको जनाएको छ । नक्कली ‘कनेक्ट आइपीएस’ बनाएर बानेश्वरमा रहेको अरुको खाताबाट पैसा चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी ओझालाई…
Read More
दुई समुदाय बीचको बिवाद उग्ररुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी, मंगलबार बिहान ६ देखि १० बजे सम्म बजार खुल्ने

दुई समुदाय बीचको बिवाद उग्ररुप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी, मंगलबार बिहान ६ देखि १० बजे सम्म बजार खुल्ने

वीरगंज । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर दुई पक्ष बीच बिगत पाँच दिन देखि जारी विवादलाई लिएर वीरगंजमा पनि सोमबार दुई समुदाय बीच ठाउँ–ठाउँमा झडप भई स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले सार्वजनिक सूचना जारी गर्दै वीरगंज महानगरपालिका क्षेत्रमा सोमबार साँझ ५ बजे देखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ । सोमबार बेलुका जिल्ला प्रशासन कार्यालय पर्साले अर्को सूचना जारी गर्दै सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी फागुन ८ गते मंगरबार बिहान ६ बजे देखि १० बजे सम्मको लागि खुल्ला गरिएको जनाईएको छ…
Read More
सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता गगन पुरीलाई ४ करोड जरिवाना

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी नेता गगन पुरीलाई ४ करोड जरिवाना

६ फागुन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा झापाका गगन पुरीलाई दोषी ठहर गर्दै उनीबाट ४ करोड ३ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीले ३ करोड ३२ लाख रुपैयाँ मात्रै बैध रुपमा जोडेको ठहर गरेको हो । बाँकी ४ करोड ३ लाख रुपैयाँ जरिवानाको फैसल भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । अख्तियारले उनी सहित सीमा पुरीलाई पनि दोषी ठहर गरेको छ । जफत हुने रकम दामासहीले असुल्नुपर्ने विशेष अदालतको फैसला छ । विशेष…
Read More
महेन्द्रनगरबाट काठमाडौ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना: १० जना को मृत्यु, ३० भन्दा बढी घाइते

महेन्द्रनगरबाट काठमाडौ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना: १० जना को मृत्यु, ३० भन्दा बढी घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्। मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो। घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। थाहाखबर
Read More
एसपी कुमोध ढुंगेलको सरुवा पर्सा जिल्लामा

एसपी कुमोध ढुंगेलको सरुवा पर्सा जिल्लामा

बिरगंज ।  नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । त्यसैगरी सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रन्जित सिंहले राठौरलाई पठाएको छ । चितवनमा भावेश रिमाल सरुवा भएका छन् भने सिन्धुपाल्चोकमा संतोष खड्कालाई पठाएको छन् । त्यसैगरी, झापामा मिलन केसी, मोरङमा नवराज कार्की, सिरहामा सन्तोष आचार्यको सरुवा भएको छ । सरुवा भएका एसपीहरुको फागुन महिना…
Read More
बिन्दबासिनीमा न्यायिक समिति कार्यालयको उदघाटन

बिन्दबासिनीमा न्यायिक समिति कार्यालयको उदघाटन

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकाको न्यायिक समितिको कार्यालय सोमबार एक कार्यक्रमका बीच उदघाटन भएको छ । गाउँपालिका उपप्रमुख ज्योती देवी चौरसियाको पहलमा निर्मित सो कार्यालयको जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरन पटेलले रिबन काटेर समुद्घाटन करेका थिए । उदाटन पश्चात उपप्रमुख चौरसियाले आर्थिक वर्ष २०८०÷८१ मा हालसम्म यस पालिकामा ८८ वटा मुद्दा परेकोमा त्यसमध्ये ४५ वटा मुद्दाहरू टुंग्गो लागि सकेको बताईन । खासगरी आपसी झै–झगडा, जग्गाको लेनदेन, महिला हिँसा, कुटपिट लगायतका मुद्दाहरू पर्ने गरेको उनको भनाई रहेको थियो । आफु निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा परेका मुद्दाहरुको छलफल गर्न गाह्रो हुँदा नयायिक समितिको छुट्टै कार्यालय बनाउनका लागि पहल गरेको र आज…
Read More
भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

काठमाडौं, १३ मंसिर ।  सरकारले जाजरकोट भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् । गत १७ कात्तिकमाम जाजरकोट बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search