Skip to main content

Sarbocha Khabar

Advertisement

वीरगंजमा बृहत महिला सम्मेलन सम्पन्न, २५ महिला सम्मानित

Advertisement

वीरगंज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाज परिवर्तन र नेतृत्व लिन आत्मविश्वासी बन्न आह्वान गरेकी छन्। वीरगंज उद्योग वाणिज्य संघद्वारा शनिबार आयोजित ‘बृहत महिला सम्मेलन–२०८२’ मा बोल्दै उनले महिलाको योगदान परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणसम्म अग्रपंक्तिमा रहेको उल्लेख गरिन्।

भण्डारीले महिलाको शक्ति र त्यागलाई संस्थागत रूपमा सम्मान गर्न सकियो भने समृद्ध नेपालको सपना पूर्णरुपमा पूरा हुने बताइन्। उनले मधेसका जनताले चुरे क्षेत्रको दोहन, मरुभूमिकरण, बाढी डुबान र भूमिगत पानीको स्तर घट्ने समस्याबाट जुद्धिरहेको पनि औँल्याइन् र सरकारलाई कडाइका साथ नियमन गर्न आवश्यक रहेको बताइन्।

सम्मेलनमा महिलाको उद्यमशीलतालाई प्रोत्साहन गर्न र आगामी पुस्तालाई प्रेरित गर्न जोड दिँदै उनले “महिलाको अग्रसरता सिंगो राष्ट्रको हित” भएको बताइन्। समाजमा कायम लैंगिक असमानता, पूर्वाग्रह र अवरोध तोड्न महिलाले आत्मबल प्रदर्शन गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, महिला उद्यमशीलता विकास समितिका सभापति डा. लक्ष्मी गुप्ता लगायतको उपस्थिती रहेको थियो । सम्मेलनमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका २५ जना महिलाहरूलाई प्रमुख अतिथि भण्डारीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिन्।

संयोजनले यो सम्मेलनले महिला नेतृत्व, उद्यमशीलता र समान अवसरप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्दै नीति निर्माणमा सशक्त सन्देश दिने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search