१५ भाद्र २०८० ११:१२
१५ भाद्र २०८० ११:१२
काठमाडौँ । लम्पिस्किन रोगको महामारीका कारण हालसम्म ५२ हजार ४४८ पशु वस्तुको मृत्यु भएको छ । नेपालमा गाई भैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ। २०८० भदौ ७ गते बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले विगत पाँच महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका बताएका हुन् । त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको जानकारी गराए । हाल एक लाख पाँच हजार २५३ पशु बिरामी अवस्थामा रहेका उनले उल्लेख गरे…
