Skip to main content

Sarbocha Khabar

Advertisement

पर्साको पटेर्वा सुगौलीमा देउवा द्वारा आधारभूत अस्पतालको उद्घाटन

Advertisement
८ असोज, काठमाडौं ।  पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवामा नवनिर्माण भएको १० शय्याको आधारभूत अस्पतालको उद्घाटन भएको छ।
मंगलबार एक कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत अस्पतालको उद्घाटन गरेका हुन्।
चार  वर्षपहिले देशभर एकैसाथ शिलान्यास गरिएका ३०९ अस्पतालमध्येकाे पर्सामा पहिलाे आधारभूत अस्पताल निर्माण भइ सञ्चालनमा आएकाे हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते देशभर ३०९ वटा आधारभूत अस्पतालकाे शिलान्यास गरेका थिए ।
जस मध्ये पर्साको पटेर्वा सुगौली गाउँपालिका र जिराभवानी गाउँपालिकामा १० शय्या त्यसै गरि ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल बनाउने योजना थियो।  जसअन्तर्गत जिल्लामै पहिलो पटेर्वा सुगाैली गाँउपालिमा नवनिर्मित आधारभूत अस्पताल सञ्चालनमा आएकाे गाँउपालिका अध्यक्ष दिनेश चाैधरीले बताए ।
मंगलबार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस पर्साका सभापति शेरबहादुर देेउवाले आधारभूत अस्पतालकाे समुदघाटन गरेसंगै उक्त अस्पताल सञ्चालनमा आएको हाे । देउवाले १० शैयाकाे अस्पतालकाे रिबन काटेर समुदघाटन गरेका हुन् ।
पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ४ सुगाैली फरहदवा ८ कराेड १० लाख रुपैयाँको लागतमा १० शैयाकाे आधारभूत अस्पताल निर्माण गरिएको हाे।
मंगलबारदेखि सञ्चालनमा आएकाे आधारभूत अस्पतालमा डिजिटल एक्सरे,अत्याधुनिक प्रयाेगशाला(ल्यब),इसिजी,अल्ट्रा साउन्ड(युएसजी) र आफ्नै फार्मेसीकाे सेवा उपलब्ध रहेको साथै ओपिडी सेवा र प्रसुती सेवापनि उपलब्ध रहेको पटेर्वा सुगौली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search