Skip to main content

Sarbocha Khabar

Advertisement

केही सहकारीहरुको कारण जनताहरुमा निराशा : मन्त्री क्षेत्री

Advertisement

वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजनामा बुधवार मधेश प्रदेश सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पूजन होटल वीरगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री क्षेत्रीले नेपालको सहकारी क्षेत्रमा केही सहकारीको अक्रमण्यताको कारण जनतामा निराशा पैदा भएको चर्चा गर्दै गरिब, असहायले आफ्नो पेट काटेर जम्मा गरेको रकम केही सहकारीले डुबाउदा सदस्यहरुमा निराशा पैदा भएकोले त्यस्ता सहकारी र सहकारीका सञ्चालकहरुलाई कडा भन्दा कडा कारवाही हुने बताए । केही सहकारीहरुको ठगी प्रकरणमा संघिय गृह मन्त्रालयले कारवाही प्रक्रिया समेत अगाडि बढाएको बताउदै गलत गर्ने सहकारीहरुलाई दण्डित गर्ने र राम्रो काम गर्ने सहकारीलाई पुरस्कृत गर्न आफु लागेको बताए ।
लामो समय देखि सहकारीको अनुगमन र नियमन नगर्नाले यस्तो समस्या उत्पन्न भएको बताउदै मन्त्री क्षेत्रीले सहकारीको निति, नियम र सिद्धान्त अनुसार काम गर्न सके कुनै पनि सहकारीमा समस्या नआउने दाबी गरे ।
एक फरक प्रसंगमा बोल्दै मन्त्री क्षेत्रीले काँग्रेस र एमालेको गठबन्धन मन्त्रालयको भागबण्डा गर्नलाई मात्र नभई संविधानमा रहेका जटिलताहरुलाई तार्कित निश्कर्षमा पु¥याउनका लागि भएको दाबी गर्दै बाहिर चर्चामा आए जस्तो समावेशी र समानुपातिक प्रणाजी खारेज नहुने बताए । यो गठबन्धनको सरकार लामो समय सम्म चल्ने बताउदै संविधान संशोधन आवश्यकता अनुरुप गर्दै जानु कुनै नौलो कुरा नभएको बताए ।
सो कार्यक्रममा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव डा. शरण कुमार पाण्डेले मधेश प्रदेशमा ८२३ वटा सहकारीहरु रहेको तथ्यांकमा देखिए पनि हालसम्म १६५ वटा सहकारी मात्र नियमित रुपमा आफुहरुको सम्पर्कमा रहेको बताए । सहकारीहरुमा प्रतिस्पर्धाको कारण सही ऋणी र बचतकर्ताहरु छनौट गर्न नसक्दा सहकारीको अवस्था जिर्ण बन्न पुगेको चर्चा गर्दै सहकारीका ७ वटा सिद्धान्त रहेकोमा सोलाई पूर्ण रुपमा पालना गर्न सम्पूर्ण सहकारीहरुलाई निर्देशन दिए ।
संघ पर्साका अध्यक्ष राजेश पडितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका शम्भु गुप्ता, संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर, जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साह, संघका पूर्व सञ्चालक हरेराम पटेल, कोषाध्यक्ष नगनारायण सिंह, सिएमसीका रबिभुषण श्रीवास्तव लगायतकाले आ–आफ्ना शुभकामना मनतव्य राख्दै मन्त्री क्षेत्रीलाई बधाई ज्ञापन गरेका थिए । सो कार्यक्रममा पर्सा र बारा जिल्लाका विभिन्न सहकारी संस्थाका सञ्चालकहरुले मन्त्री क्षेत्रीलाई दोसल्ला ओढाई मायाको चिनोले सम्मान गरेका थिए ।
संघ पर्साका उपाध्यक्ष राकेश यादवले सहजीकरण गरेको सो कार्यक्रममा महासचिव जिष्णु बरालले स्वागत गरेका थिए

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search