Sarbocha Khabar

Advertisement

माग सम्बोधन गर्न संघलाइ प्रदेश २ को एक महिने अल्टिमेटम

Advertisement

२३ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

संघीयता भएको ८ वर्ष भइसक्दा समेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए ।

३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि मुख्यमन्त्री यादवले दिएका छन् ।

प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामति सेवा ऐनको सम्बन्धमा, सार्वजनिक जग्गाको प्रयोगको सम्बन्धमा, गुठी जग्गाको सम्बन्धमा, अर्थ सम्बन्धी समस्या सम्बन्धमा र अभियोजन सम्बन्धमा आधारित भइ ज्ञापन बुझाएको उनको भनाइ छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मागहरु जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको मुख्यमन्त्री यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहल...
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवा...
नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search