Sarbocha Khabar

Advertisement

पुँजीवादी आर्थिक सङ्कटको असफल प्रयास जी २० : भट्ट 

Advertisement

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुला डा सिल्वालाई अध्यक्ष बनाउँदै जी २० समिट समापन भएको छ । यसका साथै आगामी वर्ष हुने जी २० समिटको आयोजना समेत ब्राजिलले गर्नेछ । भारतका राष्ट्रपति नरेन्द्र मोदीले संस्कृत भाषामा स्वस्ति अस्तु विश्यस्य ! अर्थात सम्पूर्ण विश्वमा आशा र शान्तिको सञ्चार होस् भन्दै जी २० समिटको समापन गरेका हुन् । 

जी २० को अध्यक्षको भूमिका ग्रहण गर्दै ब्राजिलका राष्ट्रपतिले ३ वटा विषयलाई प्राथमिकता दिने बताए–१) सामाजिक न्याय र भोकमरीका विरुद्ध लडाई २) दिगो विकास ३) संसारका संस्थानहरूमा परिवर्तन । 

के यस प्रकारको समिटले विश्वमा सामाजिक न्यायका पक्षमा काम गर्छ त ? यो विषयमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट भन्नुहुन्छ, ‘पुँजीवादी देशहरूले आफ्नो सङ्कट टार्न ब्रिस्क, सार्क, जी २० जस्ता सङ्गठनहरू खोल्ने गरेका छन् । तर यस प्रकारका प्रयासहरू असफल हुँदै गएका छन् ।’ वहाँको तर्क छ, ‘संसारका श्रमजीवी जनताको लागि पुँजीवादी तथा साम्राज्यवादी देशहरूको कथित दिगो विकास जस्ता नाराको कुनै अर्थ छैन ।’ 

स्मरण रहोस् जी २० समिट, सन् २००८ मा विश्वमा आएको आर्थिक सङ्कटको व्यवस्थापन गर्ने उद्देश्यका साथ उदयमान अर्थतन्त्र भएका देशहरूको साझा सङ्गठनको रूपमा खोलिएको हो । उदयमान अर्थतन्त्र नभएको भन्दै नेपाललाई यो समिटमा समावेश गरिएको छैन । जी–२० मा युरोपियन सङ्घका साथै विभिन्न १९ देशहरू अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहल...
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवा...
नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search