Skip to main content

Sarbocha Khabar

Advertisement

अनिल रुङटाको पक्षमा बढ्दो जनलहर,नेपाली कांग्रेस पर्सा–१ मा २५० जेन–जी युवाको प्रवेश

Advertisement

१५ फागुन, बिरगंज । पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटाको पक्षमा चुनावी माहोल दिनप्रतिदिन बलियो बन्दै गएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ अन्तर्गतका विभिन्न वडाबाट करिब २५० जना जेन–जी युवाहरु पार्टीमा प्रवेश गरेका छन्। आयोजित कार्यक्रममा उम्मेदवार रुङटाले नवप्रवेशीहरुलाई टीका–माला लगाई औपचारिक स्वागत गर्दै युवाशक्तिको साथले परिवर्तन र विकासको अभियान अझ सशक्त बनेको बताएका छन्। क्षेत्रका सम्पूर्ण वडाबाट एकैसाथ युवाहरुको आकर्षण बढ्नुले रुङटाको जितको आधार मजबुत बन्दै गएको स्थानीय नेताहरुको दाबी छ। युवाहरुको उत्साहजनक सहभागिताले यसपटक क्षेत्र नं. १ मा नेपाली कांग्रेसप्रति जनलहर सिर्जना भएको बताइएको छ।

नवप्रवेशी जेन–जी युवाहरुको भनाइ,हामी जेन–जी युवाहरु स्वच्छ राजनीति, पारदर्शिता र दिगो विकासको अपेक्षासहित नेपाली कांग्रेसमा प्रवेश गरेका हौँ। क्षेत्र नं. १ को समग्र विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र प्रविधिमैत्री वातावरण निर्माणका लागि अनिल रुङटा ज्यूको नेतृत्व आवश्यक ठानेर हामी एकजुट भएका छौँ। हाम्रो साथ र समर्थनले सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ हामी पार्टीको अभियानमा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

उम्मेदवार रुङटाको भनाइ,जेन–जी युवाहरुको उत्साह र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ। युवाहरु राष्ट्रको भविष्य मात्र नभई वर्तमान परिवर्तनका संवाहक पनि हुन्। यहाँहरुको ऊर्जा, सृजनशीलता र समर्पणले क्षेत्र नं. १ मा नयाँ सोच र नयाँ विकासको आधार तयार गर्नेछ। म पारदर्शी नेतृत्व, समावेशी विकास र अवसरको समान पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छु, र यहाँहरुको साथले यो अभियान सफल हुनेमा विश्वस्त छु।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search