Skip to main content

Sarbocha Khabar

Advertisement

देश परिवर्तनका लागी घन्टी छापमा मतदान गर्न चौरसियाको आग्रह

Advertisement

१४फागुन,पर्सा । रामाकान्त चौरसियाको घरदैलो अभियान दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ। रास्ट्रिय स्वतन्त्र पार्टी पर्सा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसिया पकहाँमैनपुर वडा नम्बर–३ र ४ अन्तर्गत मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा घरदैलो गर्दै देश परिवर्तनको लागी घण्टी छापमा मतदान गर्न मतदाताहरु संग आग्रह गरेका छन्।

स्थानीय टोलटोलमा पुगेर नागरिकका गुनासो, सुझाव र अपेक्षा सुन्दै उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले पकहाँमैनपुरमा चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिएको छ।

वडा नम्बर–३ र ४ का विभिन्न टोलहरूमा पुगेर चौरसियाले जनतासँग प्रत्यक्ष संवाद गर्दै समृद्ध क्षेत्र निर्माणका लागि साझा सहकार्य आवश्यक रहेको धारणा राखे। स्थानीयवासीहरूले आफ्नो क्षेत्रको दीगो विकास, सुशासन र पारदर्शिताका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै चौरसिया प्रति समर्थन जनाएका छन्।

त्यसैगरी महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले महिला उद्यमशीलता प्रवर्द्धन गर्दै आयआर्जनका कार्यक्रमसँग जोडिने योजनामा विशेष ध्यान दिइने चौरसियाले बताए। उनले सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना तथा मझौला उद्यम प्रवर्द्धन तथा महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने प्रतिबद्धता जनाए। “महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन,” उनले भने, “घरपरिवारदेखि समाज र राष्ट्र निर्माणसम्म महिलाको भूमिका महत्वपूर्ण छ, त्यसैले अवसर र पहुँच सुनिश्चित गरिनेछ।”

चौरसियाले युवा स्वरोजगार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गरिने बताए। आगामी निर्वाचनमा मतदाताले विकास र स्थायित्वको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search