Sarbocha Khabar

Advertisement

श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

Advertisement

२५ पुस बिरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगंजको १४औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा आयोजित साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष प्रेम पुडामणी बज्राचार्यले गरेका थिए ।

अध्यक्ष बज्राचार्यको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म संस्थाको कुल कारोबार ८८ करोड ८२ लाख २७ हजार १ सय ९८ रुपैयाँ पुगेको जानकारी दिए । उनका अनुसार सोही अवधिमा संस्थाको शेयर पूँजी ३ करोड ३१ लाख ६५ हजार ८ सय रुपैयाँ रहेको छ भने कुल बचत निक्षेप ७२ करोड ६३ लाख ५ हजार ५ सय १३ रुपैयाँ संकलन गर्न संस्था सफल भएको छ ।

त्यस्तै, जगेडा तथा विभिन्न कोषमा ४ करोड ७२ लाख ८९ हजार ४ सय ७६ रुपैयाँ पुगेको, ऋण लगानी ६० करोड ५८ लाख ६६ हजार ५ सय ६९ रुपैयाँ ९५ पैसा रहेको र आयकर व्यवस्था अघि संस्थाको नाफा १ करोड ३१ लाख १३ हजार ५ सय ७४ रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत चौरसियाले बताए । संस्थाको स्थिर सम्पत्ति ४ करोड ५९ लाख ४६ हजार ९ सय ५० रुपैयाँ रहेको उल्लेख गर्दै उनले आदर्शनगरस्थित भाजुरत्न चौक नजिक १५.५ धुर जग्गा कार्यालय प्रयोजनका लागि खरिद गरिएको र सो स्थानमा भवन निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

प्रविधिमैत्री सेवातर्फ संस्थाले क्यासलेस, चेकलेस र पेपरलेस सेवा विस्तारलाई प्राथमिकता दिएको बताउँदै चौरसियाले हालसम्म २५० जनाले एटिएम सेवा, १ हजार २४२ जनाले मोबाइल बैंकिङ, ४४३ जनाले एसएमएस सेवा र ४९० जनाले क्यूआर कोड सेवा प्रयोग गरिरहेको जानकारी दिए । साथै संस्थाको वेबसाइट, फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राममार्फत सदस्य सेवा तथा सूचनाको प्रचार–प्रसारलाई प्रभावकारी बनाइएको उनले बताए ।

साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी शान्ता श्रेष्ठ, तेतरी देवी राना मगर, हिरालाल चौरसिया, शुष्मा महर्जन, मामता भोलन, शोभा कुमारी र शारदा मानन्धरलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट सदस्यतर्फ शोभा कुमारी, मधु चौधरी, शरधा मानन्धर, शान्ता श्रेष्ठ, उत्कृष्ट नियमित मासिक बचत सदस्य आयुष रौनियार, उत्कृष्ट बाल बचत सदस्य सिद्धि गुप्ता, उत्कृष्ट नियमित बचत सदस्य पुनम कुमारी र रविभूषण प्रसाद चौरसिया, उत्कृष्ट नारी बचत सदस्य अनिषा श्रेष्ठ, प्रविधितर्फ उत्कृष्ट सदस्य विरेन्द्र कुमार कलवार तथा ऋणतर्फ उर्मिला देवी, प्रेमकुमारी पौडेल गोरखाली र सजरा प्रविणलाई सम्मान गरिएको थियो। अध्यक्ष प्रेम पुडामणी बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनोज प्रसाद, सचिव निर्मला देवी, कोषाध्यक्ष ओमप्रकाश प्रसाद कलवार, सञ्चालक सदस्यहरू अमित अग्रवाल, योगेश्वर प्रसाद चौरसिया, ज्योति कुमारी दारुका, सतोष जैन, सल्लाहकार डा. सुरेन्द्र चौरसिया, पुनिता देवी, बन्दना देवी, लेखा समिति संयोजक राजु पौडेल, सदस्यहरू विरेन्द्र प्रसाद गुप्ता, विजेन्द्र चौधरी, निर्वाचन समिति अधिकृत अधिवक्ता रामनारायण कुर्मी, जिष्णु बाराल, संजय महतो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहल...
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवा...
नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search