Skip to main content

Sarbocha Khabar

Advertisement

लिंकरोडमा “पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक”को उदघाटन

Advertisement

वीरगंज । वीरगंज लिंकरोड स्थित कुमु प्यालेसको सामुने पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक शुक्रवार देखि सञ्चालनमा आएको छ ।

सिनियर मेडिकल ल्याब टेक्नोलोजिष्ट बिपिन कुमार चौरसियाले सञ्चालनमा ल्याएका ल्याब एण्ड पोलिक्लिनकको उदघाटन गर्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्स डा. चितरञ्जन साहले यहाँ आधुनिक उपकरण सहितको मेशिन भएकोले रिजल्ट पनि राम्रो आउनेमा विश्वास व्यक्त गरे ।

उदघाटन समारोहका प्रमुख अतिथि डा. साहले चिकित्सकहरुले कुनै पनि बिरामीको उपचार गर्दा ल्याबको रिपोर्ट महत्वपूर्ण आधार हुने हुँदा गम्भिर भएर काम गर्न सुझाएका थिए । यस ल्याबका प्रमुख चौरसिया अनुभवि भएको कारण सेवाग्रहीहरुले ढुक्क भएर सेवा लिन सक्नेमा जोड दिएका थिए ।

करिब १५ वर्ष ल्याब क्षेत्रमा अनुभव बटुलेका प्रमुख चौरसिया वीरगंजको तराई अस्पतालमा लामो समय देखि ल्याब सञ्चालन गर्दै आएका थिए । हाल उनी नारायणी अस्पतालको ईमरजेन्सी ल्याबको ईन्चार्ज समेत हुन । यस ल्याबमा बिसिजि, थाईराईड फनसन, लिपिड प्रोफाईल, लिभर फनसन, किडनी फनसन, ट्युमर मार्कर, युरिन, स्टोल, भिटामिन्स, भिडियो एक्सरे लगायतको जाँचहरु भईरहेको सञ्चालक चौरसियाले बताए । बजारको अन्य ल्याबहरु भन्दा सस्तो, भरपर्दो र गुणस्तरीय सेवाहरु आफुले दिने चौरसियाले बताए । उदघाटन समारोहमा क्लिनिकमा सेवा दिने डा. संयुक्ता साह, डा. दिपेश साह, डा. अनुप कृष्ण गुप्ता, डा. रबी कुमार गुप्ता, त्यसैगरी ओबिसि नेपालका केन्द्रिय अध्यक्ष तेज प्रकाश निसाद लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search