Skip to main content

Sarbocha Khabar

Advertisement

ओलीले भने, ‘सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो’

Advertisement

काठमाडौँ, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको सो हेरेर आफू प्रफुल्लित भएको बताएका छन् ।

हिजो साँझ काठमाडौँमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भए पछि आफूले सोचे झैँ भएको बताएका हुन् ।

‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन्, ‘हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो, उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो ।’

सो कार्यक्रममा ओलीसहित पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सन्दुक रुइतलगायत शीर्ष नेताहरूको उपस्थित रहेको थियो । सो कार्यक्रम हेरेर फर्के पछि आज बिहान ओलीले लेखेका छन्, ‘मदनकृष्णको मुडसँगै महत्त्वपूर्ण भेटघाटको पनि अवसर जुर्‍यो, शुभ बिहानी ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search