Sarbocha Khabar

Advertisement

तस्करीको अखडा बन्दै सिराहा, एक हप्तामा दुई करोडको कपडा बरामद

Advertisement

  • मुकेश कुमार यादव

सिराहा १६ असोज । पछिल्लो समय सिराहा जिल्ला तस्करीको अखडा बन्दै गइरहेको पाइएको छ।

आन्तरिक राजश्व विभागले निरन्तर रूपमा ठुलो परिमाणमा कपडा बरामद गर्नुले पनि जिल्लाका प्रहरी, प्रशासन र भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा व्यापक तस्करी भइरहेको स्थानीयले बताएका छन् ।

जिल्लाको ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौँ स्थानमा प्रहरी विट र त्यसमार्फत सयौँ प्रहरी परिचालित छन् तर सीमा क्षेत्रमा दिनरात प्रहरी परिचालन गरिएको भए पनि तस्करी भने कुनै नियन्त्रणमा आउन सकेको छैन ।

पछिल्लो एक सातामा मात्र राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिराहाबाट २ करोडभन्दा बढीको तस्करीका कपडाहरू बरामद गरेको छ । राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न थालेपछि सिराहाका प्रहरी अधिकारीहरू दबाब खेप्न नसकेर आफ्नो बचाउका लागि केही समानहरू पक्राउ गरिरहेको स्रोतको दाबी छ । सोही दबाबका कारण आज मङ्गलवार बिहान सशस्त्र प्रहरी बल सिराहाले विशेष सूचनाको आधारमा सिराहा नगरपालिका- १८ तारापट्टिबाट भन्सार छली लुकाई छिपाई राखेको करिब ८० लाख बराबरको ७८ पोका कपडा बरामद गरेको छ। बरामद कपडा आजै राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ।

पछिल्लो एक साताको अवधिमा सिराहाबाट राजस्व अनुसन्धान कार्यालय इटहरीले १३ गते ४० लाख बराबरको कपडा, १५ गते भन्सार छलीका लत्ताकपडा लोड गरिएको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक र ३२ लाख बराबरको कपडा नियन्त्रणमा लिएको थियो। त्यसै गरी टोलीले १४ गते आइतबार बिहान पनि सिराहा नगरपालिका- १५ बाट करिब ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो।

यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो। राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिराहाबाट मात्रै करिब दुई करोड भन्दा बढीको तस्करी (भन्सार छलेर) गरी ल्याएको कपडा बरामद गरिएको राजश्व कार्यालय इटहरीको प्रमुख सुरेश आचार्यले जानकारी दिए।

पछिल्लो केही दिनदेखि राजस्व अनुसन्धानको कपडा पसलमा छापा र निरन्तर कपडा बरामदले सिराहामा सुरक्षा निकाय र प्रशासनको मिलेमतोमै तस्करी फस्टाएको पुष्टि भएको स्थानीय बताउँछन्। तस्करीको सामान खुल्याम रूपमा नेपाल भित्रिनुले पनि भन्सार कार्यालयका कर्मचारी, प्रहरी र प्रशासनको सेटिङ्ग मै तस्करी हुने गरेको स्थानीयहरूको तर्क छ ।

राजस्व अनुसन्धान कार्यालयले मोरङ र सुनसरीबाट हुने चोरी तस्करीमा निगरानी बढाएपछि त्यताका तस्करहरू सप्तरी, सिराहा र धनुषाका नाकाहरू प्रयोग गरेको देखिएको प्रमुख सुरेश आचार्यले बताए। उनले भने, ‘सुनसरी, मोरङमा हाम्रो उपस्थितिले गर्दा चोरी तस्करी नियन्त्रण भएपछि अहिले त्यहीँका तस्करहरू पश्चिमतर्फ सर्दै आएको देखिएको छ। हामी पनि निरन्तर रूपमा नियन्त्रणको लागि प्रयास गरिरहेका छौँ यसमा सबै पक्षको सहयोग आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search