Skip to main content

Sarbocha Khabar

Advertisement

किन हुन्छ हृदयघात ?

Advertisement

संसारभरि सबैभन्दा धेरै मृत्युको कारण मुटुरोगलाई मानिएको छ । जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएको छ। सहरीकरणसँगै बढेको अस्वस्थ जीवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ।

विगतमा यो रोग विशेष गरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ। 

मुटुले रगत पम्प गरेर शरीरभरि फैलाउने गर्छ। तर मुटुलाई काम गर्नका लागि पनि रगतको आवश्यक पर्छ।

मुटुले आफ्नै रगत नलीको सहायताले मुटुमा रगत फैलाउँछ।

मुटुका नलीमा बोसोजन्य पदार्थ कोलेस्ट्रोल जम्दै जाँदा नली खुम्चिँदै जाने हुन्छ। यसले गर्दा मुटुको नली साँघुरो हुँदै बन्द हुन्छ। जसका कारण मुटुमा रगत र अक्सिजन पुग्दैन र हृदयाघात हुन्छ।

हृदयाघात भनेको पनि कुनै कारणवश मुटुले पाउनुपर्ने रगत र अक्सिजन नपाएर मुटुले काम गर्न नसक्ने स्थिति हो। 

हृदयाघातको समस्या पुरुषको तुलनामा महिलालाई कम हुन्छ। तर, महिनावारी सुकेपछि भने पुरुष र महिलामा हृदयाघातको जोखिम बराबर हुन्छ।

पछिल्लो समय युवायुवतीमा धूम्रपान, मद्यपान, मोटोपन, शारीरिक व्यायामको कमी लगायत अस्वस्थ जीवनशैली बढ्दै गएका कारण हृदयाघातको जोखिम बढ्दै गएको देखिन्छ।

कस्तो हुन्छ हृदयाघातकाे दुखाई?

कार्डियोलोजिस्टहरूका अनुसार, हृदयाघातमा बेस्सरी छाती दुख्छ । दुखाईसँगै छाती एकदमै भारी भएर थिचेको जस्तो हुन्छ । धेरैजसो व्यक्तिहरूमा छातीमा ढुङ्गा राखेको जस्तो गह्रौ महसुस हुन्छ । आराम गरिरहेका बेला छातीको दुखाई कम भए पनि अलिकति हिँड्नासाथ फेरि छाती दुखाई बढ्ने गदछ । 

कुनै पनि व्यक्तिमा यस्तो लक्षण देखिएको छ भने उसले मुटुको रक्तनली साँघुरिएर मुटुलाई रगत पुगेको छैन भन्ने बुुझ्नुपर्ने डक्टरहरु  बताउँछन् । ‘हृदयाघात हुँदा नशा पुरै ‘ब्लक’ भइसकेको हुन्छ । त्यो दुखाई निरन्तर भइरहन्छ । 

हृदयाघात मुख्य  कारण

बढ्दो उमेर , अस्वस्थ जीवनशैली, खानपानमा आएको परिवर्तन, धूमपान, मद्यपान, मधुमेह , उच्च रक्तचाप, मोटोपना, कम शारीरिक अभ्यास , शरीरमा, कोलेस्टोरल बढ्नु , वंशाणुगत, वातावरणीय प्रदूषण ।

 यसका साथै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को तथ्याङ्कअनुसार मुटुसम्बन्धी रोगकाे कारण  दाँत सफा नगर्नु,   हाकिमलाई घृणा गर्नु  हृदयविदारक घटना, एक्लो अनुभूति हुनु,  उदासीनता हुनुलाइ पनी मानेकाे छ ।

रोकथामका उपाय

बढ्दो उमेरलाई त हामीले रोक्न सक्दैनौँ। तर, समय–समयमा चेक गरेर जोखिमको पहिचान भने गर्न सक्छौँ।

वंशाणुगत कारणले पनि हृदयाघातको सम्भावना हुन्छ। त्यस कारण अभिभावक तथा परिवारका कुनै सदस्यलाई हृदयाघात छ भने चनाखो भइरहनुपर्छ। समय–समयमा आवश्यक चेक जाँच गर्नुपर्छ। 

धूम्रपान र मद्यपान सेवन गर्नेलाई हृदयाघातको हुने सम्भावना अरूलाई भन्दा तीन गुणा बढी हुन्छ।

यसका साथै मधुमेह, उच्च रक्तचापलाई नियन्त्रण गर्ने, पोसिलो खानेकुरा खाने कुरामा पनि ध्यान दिन आवश्यक छ। 

हृदयाघातबाट जोगिन शारीरिक व्यायाम गर्ने गर्नुपर्छ। प्रत्येक दिन ३० मिनेट हिँड्नाले मुटु रोग लाग्नबाट धेरै हदसम्म जोगिन सकिन्छ।

रगतमा कोलेस्ट्रोलको मात्रा चेक गर्ने र नराम्रो कोलेस्ट्रोल बढी छ भने घटाउनुपर्छ। मोटोपन घट्यो भने हृदयाघातबाट धेरै हदसम्म जोगिन सकिन्छ।

मानसिक तनावका कारणले गर्दा पनि हृदयाघात हुने सम्भावना बढी हुन्छ।  हृदयाघात भइसकेपछि तत्काल अस्पताल जानुपर्छ।

जति छिटो उपचार गर्न सक्यो बिरामीमा पर्ने असर त्यति नै रोकथाम गर्न सकिन्छ। हृदयाघात भएको ६० देखि ९० मिनेटभित्र उपचार भइसक्नुपर्छ।

यो अवधिलाई गोल्डेन आवरका रूपमा लिइन्छ। 

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search