Skip to main content

Sarbocha Khabar

Advertisement

बैंकको ऋण तिर्दिनँ भन्नु आपराधिक मनोवृत्ति: अर्थमन्त्री पुन

Advertisement

३ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नो स्वार्थका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रहसमेत गरेका छन् ।

मन्त्री पुनले बैंकहरूलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने स्पष्ट पारे । ‘बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने अनि ऋण तिर्दिनँ भनेर हिंड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्नो स्वार्थ पूरा गर्न बैंकिङ प्रणालीप्रति अफवाह फैलाउने प्रवृत्ति सरकारलाई कदापी स्वीकार्य हुन सक्दैन ।’

अर्थमन्त्री पुनले नेपालको बैंकिङ प्रणालीलाई उत्कृष्ट भन्दै बैंक जति व्यवस्थित रूपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा गरे । ‘नेपालमा यदि कुनै संस्था व्यवस्थित रूपमा सञ्चालनमा छ भने त्यो बैंकिङ क्षेत्र हो । यो हामीले भनेको होइन । अन्तर्राष्ट्रिय संस्थाहरूले अध्ययन गरेर निकालेको निष्कर्ष हो’, मन्त्री पुनले भने, ‘आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनु पर्दैन ।’

कुनै बैंकर्सले गल्ती गरेको भए कारबाही हुने स्पष्ट गर्दै उनले आरोपित व्यक्तिका परिवार र बैंकिङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकोमा चिन्ता जनाए । ‘कोही पनि व्यक्ति तथा परिवार कानुन र संविधानभन्दा माथि छैन । एउटा बैंकर्सले गल्ती गर्दा सबै बैंकर्सलाई आरोपित गर्न मिल्दैन’, पुनले भने, ‘बैंक, निजी क्षेत्र वा नियामक निकायमा काम गर्ने व्यक्तिका कमजोरी हुन सक्छन् । तर सबैलाई दोषी भन्नु हुँदैन ।’

सानातिना कमजोरी औंल्याएर राजनीतिक प्रणाली र नेतृत्वप्रति भ्रम फैलाउने तथा मिलेर बसेको समाजलाई बिखण्डन गर्न खोज्ने प्रवृत्तिसँग सरकार सहमत नरहेको मन्त्री पुनको प्रष्टोक्ति थियो । उनले देशभित्रै बसेर काम गर्छु भन्ने प्रवृत्तिलाई सरकारले सम्मान गर्ने बताए । मन्त्री पुनले भने, ‘जसले आफ्नै माटोमा पसिना बगाउँछु भन्ने सोच राख्छ त्यसलाई सरकारले सम्मानजक रूपले हेर्छ ।’

अर्थमन्त्री पुनले नेपाली समाजमा राजनीतिज्ञ, उद्योगी व्यवसायी, न्यायालय सबै खराब भन्ने डरलाग्यो भाष्य स्थापित गर्न खोजिएकोमा समयमै सबै सचेत हुनुपर्ने औंल्याए । राजनीतिक दल र नेताहरूले धेरै सकारात्मक काम गरेको भए पनि त्यसको कहिल्यै चर्चा नभएको उनको टिप्पणी थियो । ‘राजनीतिज्ञ सबै बेठीक हुँदैनन् । रानजीतिक प्रणालीमा राजनीतिक दल र नेताहरूले धेरै राम्रा काम पनि गरेका छन् तर त्यसको कतै चर्चा हुँदैन । नकारात्मक मात्र चर्चा हुन्छ ।’अनलाईन खबर

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search