Skip to main content

Sarbocha Khabar

Advertisement

राहुल गान्धीको कुकुर विरुद्ध अदालतमा मुद्दा, कुकुरको नाम फेर्नु पर्ने माग

Advertisement

याँ दिल्ली, २ कार्तिक । काँग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए, जसको नाम नूरी थियो।

कुकुरको यो नामलाई लिएर अहिले विवाद सुरु भएको छ । काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीविरुद्ध  उत्तर प्रदेशको प्रयागराजका एक व्यक्ति अदालतमा पुगेका छन् । अदालतमा उजुरी दर्ता गर्ने व्यक्ति अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम)का राज्य प्रवक्ता मोहम्मद फरहान हुन्।

उनका अनुसार कुकुरको ‘नूरी’ नाम राखेर उजुरीकर्ताले मुस्लिमहरूको धार्मिक भावनामा चोट पुगेको बताएका छन् । ‘नूरी’ शब्द विशेष गरी मुस्लिम धर्मसँग जोडिएको र इस्लाम धर्ममा पैगम्बर मोहम्मदसँग सम्बन्धित रहेको उनको भनाइ छ । उनका वकिलका अनुसार कुरान माजिद सुरा नूर आयत ३५ मा पनि  ‘नूरी’ शब्द उल्लेख गरिएको छ । उनले मुस्लिम युवतिहरूको नाम पनि ‘नूरी’ रहने गरेको बताए ।

 

फरहानका अनुसार राहुललाई कुकुरको नाम परिवर्तन गरेर माफी माग्न भनेका थिए तर उनले त्यसो गरेनन् र धार्मिक भावनामा चोट पुर्‍याए । त्यसपछि अदालत जान बाध्य भएको हो । उनले भनेका छन् कि यसो गरेर राहुल गान्धीले मुस्लिम समुदायका केटीहरू र विशेष गरी मोहम्मद पैगम्बरको अपमान गरेका छन्। इस्लाम धर्मको आगमनदेखि अहिलेसम्म कुनै पनि मुस्लिम परिवारले जनावरको नाम  ‘नूरी’ राखेका छैनन् ।

 

अदालतले फरहानलाई नोभेम्बर ८ मा उनको बयान रेकर्ड गर्न बोलाएको छ। उनको उजुरीलाई विचार गरेपछि अदालतले राहुल गान्धीलाई पनि बोलाउन सक्ने बताए ।

 

खासमा राहुल गान्धीले हालै आफ्नो युट्युब च्यानलमा एक भिडियो सेयर गरेका थिए, जसमा उनले भनेका थिए कि जब उनी गोवा भ्रमणमा थिए, त्यहाँको एक परिवारले उनलाई एउटा कुकुर उपहार दिएको थियो। उनले यो कुकुरलाई दिल्ली ल्याए र त्यसपछि उनले यो कुकुर आफ्नी आमालाई उपहार दिए। भिडियोमा उनले ‘म तिमीलाई (सोनिया गान्धी) मेरो परिवारको नयाँ सदस्य, जसको नाम नूरी हो, सँग परिचय गराउन चाहन्छु’ भनेको सुन्न सकिन्छ।

 

त्यसपछि राहुलले यो कुकुर उनले आफ्नी आमालाई दिन्छन्। यो भिडियो सार्वजनिक भए पछि अदालत पुगेका हुन ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search