Skip to main content

Sarbocha Khabar

Advertisement

मृत अवस्थामा भेटिए अमेरिकी गोली काण्डका अभियुक्त

Advertisement

 

लिस्वन, अमेरिका, ११ कार्तिक । अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन ।

लिस्वनको मेन सहरमा भएको गोली काण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन ।

सिएनएनका अनुसार गत बुधवार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रवार मृत अवस्थामा फेला परेका छन । सिएनएनका अनुसार उनले आफैले गोली हानेको अवस्थामा भेटिएका थिए ।

समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जङ्गलमा फेला परेको थियो, जहाँबाट बुधवार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो । उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माइल टाढा फेला परेको हो  । उनको शव फेला परेको स्थान रिसाइक्लिंग प्लान्टको नजिक रहेको छ ।

बुधवार साँझको लेविस्टनको बलिङ्ग गल्ली र रेस्टुरेन्टमा भएको गोलाबारी पछि उनी बेपत्ता भएका थिए, जसलाई खोज्नका लागि प्रहरीले दुई दिनसम्म कठिन मेहनत गरेको थियो । सो गोली काण्ड मच्चाए पछि बेपत्ता भएका उनले पुनः हमला गर्न सक्ने भन्दै सो क्षेत्रका आश्रय स्थल, स्कुल र व्यवसायहरूसमेत बन्द गराइएको थियो ।

गत वर्ष टेक्सासको उभाडेको एक विद्यालयमा भएको नरसंहार पछिको यो हमला सबैभन्दा घातक अमेरिकी सामूहिक गोली बारीको रूपमा हेरिएको छ ।

उनको मृत शरीर फेला परे पछि अमेरिकी अधिकारीहरूले राति १० बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search