Skip to main content

Sarbocha Khabar

Advertisement

त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको विजयी सुरुवात

Advertisement

काठमाडौँ, कार्तिक १ गते । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै महत्त्वपूर्ण जित निकालेको छ ।

बुधवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले ।

युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नट आउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नट आउट ३४ रन बनाए। रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन जोड्यो।

युएईका लागि बासिल हमीदले अर्ध शतक प्रहार गरे। उनले ५१ रन जोडे।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन खर्चिए। यस्तै गुल्सन झाले २ विकेट लिए। उनले ३ ओभरमा ११ रन खर्चिए। अविनाश र सोमपाल कामीले १-१ विकेट लिन सफल भए।

सिरिजमा नेपालले भोलि हङकङसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search