Skip to main content

Sarbocha Khabar

Advertisement

इजरायली प्रधानमन्त्रीले भने, ‘युद्ध तिनीहरूले सुरु गरे, यसको अन्त्य हामी गर्नेछौँ’

Advertisement

 

तेल अबिब, २३ असोज । इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ ।

 

यी ३ दिनमा गाजा र वेस्ट बैङ्कमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन् जबकि इजरायलमा ९०० जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन् ।

 

यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौँ’ भनेका छन् ।

 

हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ । टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर युद्धमा इजरायलले ४ लाख रिजर्भ सैनिक बोलाएको थियो ।

 

इजरायलका प्रधानमन्त्री नेतन्याहुले सम्बोधनमा भने, ‘इजरायल युद्धमा छ। हामीले यो युद्ध चाहेका थिएनौँ। यो सबैभन्दा क्रूर तरिकाले सुरु भएको थियो। यद्यपि इजरायलले यो युद्ध सुरु गरेको होइन, यो युद्ध अब इजरायलले यसलाई अन्त्य गर्नेछ।’ हमासमाथि हमला गर्दै प्रधानमन्त्री नेतन्याहुले यसका लागि आफूहरूले मूल्य चुकाउनु पर्ने र यसलाई लामो समयसम्म सम्झिने बताएका छन् ।

 

उनले भनेका छन् कि हमासले इजरायल माथि हमला गरेर ऐतिहासिक गल्ती गरेको बुझ्ने छ । ‘हामी तिनीहरू र इजरायलका अन्य शत्रुहरूले आउने दशकहरूमा सम्झने मूल्य निर्धारण गर्नेछौँ,’ उनले चेतावनीको भाषामा भने ।

बन्धकहरूको दुर्दशामा बोल्दै प्रधानमन्त्री नेतन्याहुले निर्दोष इजरायलीहरू विरुद्ध हमासले गरेको क्रूर आक्रमणहरू स्तब्ध पार्ने बताएका छन्। उनीहरूले घरभित्र पसेर परिवारको हत्या गरे, चाडपर्वमा सयौँ युवाको हत्या गरे, बालबालिका र वृद्ध वृद्धाहरूलाई अपहरण गरे। यो सबै बर्बरता हो। उनले हमासलाई आईएसआईएससँग तुलना गर्दै आफ्नो पराजयका लागि तयार हुन चेतावनी दिए ।

 

यस बाहेक उनले आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विश्व नेताहरूलाई सहयोगको लागि धन्यवाद पनि दिए।

प्रतिक्रिया दिनुहोस

राजनीति

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवासँगै पर्साका विभिन्न स्थानीय तहको प...
क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search