Sarbocha Khabar

Advertisement

‘मञ्चभरि आसन ग्रहण गराउनु अन्धविश्वास हो’

Advertisement
काठमाडौँ, आश्विन २० । नेपालको प्रगतिशील समाजमा समेत मञ्चमा बस्नको लागि तछाड मछाड गर्ने संस्कृति व्याप्त छ । सामन्ती संस्कारबाट मुक्त हुन नसक्दा यस प्रकारको संस्कृतिले प्रश्रय पाइरहेको अवस्था हो । ‘त्यस प्रकारको संस्कृति अन्धविश्वास भएको’ दार्शनिक व्यक्तित्व तथा विश्लेषक श्याम श्रेष्ठले बताए–‘आसन ग्रहण गर्ने प्रचलनले मानिस–मानिस बिचमा विभेदको स्थिति सिर्जना गर्दछ ।’
आश्विन २० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा वंश–रत्न मेमोरियल ट्रस्टबाट मानववादी पुरस्कार ग्रहण गर्दै विश्लेषक श्रेष्ठले, ‘ठुला–ठुला कुरा गरेर मात्र वैज्ञानिक दृष्टिकोण निर्माण नहुने’ बताउँदै – ‘आफू तथा आफ्नो परिवार पनि व्रतबन्ध, काजक्रिया जस्ता अन्धविश्वासबाट मुक्त भएको’ बताए ।
‘शासकहरू, पुरोहितहरू र राजनैतिक पार्टीहरूको गठबन्धनबाट नै नेपाली समाजमा अन्धविश्वासले प्रश्रय पाइरहेको’ बताउँदै विश्लेषक श्रेष्ठले, ‘वैज्ञानिक दृष्टिकोणको वकालत गर्नेहरू नै मन्त्री, प्रधानमन्त्री हुँदा बोको पूजा गर्ने, भैँसी पूजा गर्ने र पशुपतिमा सुनको जलहरि चढाउनु विडम्बनाको कुरा भएको’ भने ।
अन्धविश्वासलाई नेपाली समाजबाट बिस्तारै घटाउँदै जानुपर्ने बताउँदै उनले भने,  ‘नेपाली समाजमा बृहस्पति, कपिल, जैन, बुद्धको दर्शनदेखि नै अन्धविश्वास विरोधी दृष्टिकोणहरू विकास हुँदै आएको छ । नेपाली दर्शनको यस प्रकारको दर्शनको खजानालाई विज्ञान र प्रविधिसँग जोड्दै अन्धविश्वासविरुद्ध बृहत् `अभियान चलाउनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहल...
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवा...
नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search