Sarbocha Khabar

Advertisement

बेलायती महारानीलाई मार्न खोज्ने भारतीय मूलका व्यक्तिलाई जेल सजाय

Advertisement

लन्डन, १९ असोज । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ ।

जसवन्त सिंह छैलको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर अदालतले तत्कालका लागि अस्पतालमा लैजान आदेश दिएको छ। लन्डनको ओल्ड बेली अदालतमा सुनुवाइको क्रममा न्यायाधीश निकोलस हिलियर्डले चेललाई निको नभएसम्म बर्कशायरको उच्च सुरक्षा मानसिक अस्पताल ब्रोडमूर अस्पतालमा राख्नु पर्ने आदेश दिएका छन् । यसपछि उनलाई जेलमा राखिनेछ ।

डिसेम्बर २५, २०२१ को बिहान रानी एलिजाबेथ विन्डसर क्यासलमा उनको निजी अपार्टमेन्टमा थिइन, जब दुई अधिकारीहरूले कसैलाई देखे र उनको नजिक पुगे । प्रहरी अधिकारीहरूले एक युवक हातमा धनु र बाण लिएर उभिरहेको देखे। उनलाई प्रहरी अधिकारीहरूले किन यहाँ आएको भनेर सोधे पछि उनले महारानीलाई मार्न आएको बताए।

समाचार अनुसार जसवंत सिंह छेलले  ‘स्टार वार्स’ सिरिजबाट प्रेरित भएर हत्या गर्ने निर्णय गरेका थिए ।

जसवंत सिंह छैलले सोसल मिडियामा एक भिडियोमा भनेका छन् कि उनले पन्जाबको अमृतसरमा १९१९ को जलियावाला बाग नरसंहारको बदला लिन यो काम गरेका थिए । सजायको आदेश पछि आफ्नो तर्कको व्याख्या गर्दै न्यायाधीशले भने, ‘यो कार्य २०२१ मा कल्पना गरिएको थियो, जब उनी (जसवन्त सिंह छेल) मानसिक रूपमा फिट थिए।’

महारानी एलिजाबेथ द्वितीयको सेप्टेम्बर २०२२ मा ९६ वर्षको उमेरमा निधन भइसकेको छ । गत महिना जसवंत सिंहले राजपरिवार र राजा चार्ल्स तेस्रोसँग पत्रमार्फत माफी मागेका थिए । अदालतका अनुसार जसवंत सिंह राम्रो परिवारबाट आएका हुन्। उनका बुबा एयरोस्पेसमा सफ्टवेयर सल्लाहकार हुन्, उनकी आमा शिक्षक हुन् र उनका जुम्ल्याहा बहिनीहरू हाल अध्ययन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहल...
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवा...
नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search